एक्लै छु म यहाँ कहाँ-कहाँ हराइरहेको
भावना अनि मनका चाहना मनमनै थन्क्याइरहेको
कैले मिठा पलले मुस्कुराउदै कैले तितापनले झस्काउदै
मक्ख-मक्ख पर्दै आफैमा कैले ढकमक्क फुल्दै
कैले एकान्तपनलाई छिचोल्न नसकी आखाँ रसाउदै
मन यसरी नै उडिरहन्छ सम्झनामा हराउदै
हरेक दिन उदाउने सुर्यको लालिमा चट्ट रंगिदै
बसन्त ऋतुको यो मौसममा मग्न मग्न हुदै
दिन यता उता कैले ब्यसतता
कैले रिक्तता अनि कैले बिरक्तता
यहि त रहेछ जीवन केयौं घुम्ती घुम्नुपर्ने
चाहेर होस् या नचाहेर अनेक अनेक भोग्नुपर्ने
ठोकियेला चिप्लियेला बिराइएला बाटो
केहि गर्नैपर्ने रहेछ बन्नु अगाडि माटो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment